खेल


कप्तानी पाएकै खेलमा साम्बाको ह्याट्रिक

कप्तानी पाएकै खेलमा साम्बाको ह्याट्रिक

नेपालखबर
असार १५, २०८२ आइतबार १९:५२, काठमाडौँ

कप्तान सावित्रा भण्डारी साम्बाको गोलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले एएफसी एसियन कप छनोट अन्तर्गत लाओसविरुद्धको खेलमा नेपालले फराकिलो अग्रता बनाएको छ। 

उज्वेकिस्तानमा खेलको दोस्रो हाफ जारी रहँदा नेपालले ६–० को फराकिलो अग्रता बनाएको हो। 

खेलको ११ औँ मिनेटमा अनिता बस्नेतको गोलमा नेपालले सुरुवाती अग्रता बनाएको थियो। सविता रानामगरको लामो क्रसमा रश्मीले सावित्रा भण्डारीलाई मिलाएको बलमा साम्बाले अनिता बस्नेतलाई दिएको पासलाई नियन्त्रणमा लिर्दै उत्कृष्ट गोल गरेकी थिइन्। 

सविताको प्रहार सेकेण्ड बार नजिकबाट बाहिरिँदा नेपालले अग्रता दोब्बर पार्ने सुन्दर मौका गुमायो। 

पहिलो हाफमा नै साम्बाको हेडर गोलमा नेपालले अग्रता दोब्बर पार्‍यो। अनिता बस्नेतको क्रसमा साम्बाले हेडर गोल गरिन्। 

खेलको ४७ औँ मिनेटमा सरु लिम्बुको गोलमा नेपालले लाओसविरुद्ध ३–० को अग्रता लिएको हो। सविता राना मगरको पासमा सरुले बललाई पोष्टको जाली चुमाएकी थिइन्। 

खेलको ४५ औँ मिनेटमा सविताले डिबक्स नजिकबाट गरेको प्रहार सिधै लाओसकी कप्तानको हातमा पुग्यो। 

खेलको ५५ औँ मिनेटमा साम्बाले व्यक्तीगत दोस्रो गोल गर्दा नेपालले ४–० को अग्रता लिएको हो। 

५६ औँ मिनेटमा रश्मी कुमारी घिसिङको गोलमा नेपालले ५–० को फराकिलो अग्रता बनायो। रेनुकाको पासमा रश्मीले बललाई पोष्टको गति दिएकी थिइन्। 

दोस्रो हाफको ३० औँ मिनेटमा साम्बाले ह्याट्रिक पूरा गरिन्। साम्बाको ह्याट्रिक गोल गर्दा नेपालले ६–० को अग्रता बनायो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad