कप्तान सावित्रा भण्डारी साम्बाले कप्तानी पाएको खेलमा लाओसविरुद्ध ह्याट्रिकसतिह चार गोल गरेकी छिन्।
उज्वेकिस्तानमा जारी एएफसी एसियन कप छनोट अन्तर्गत लाओसविरुद्धको साम्बाले ह्याट्रिक पूरा गरेकी हुन्।
उज्वेकिस्तानमा खेलको दोस्रो हाफ जारी रहँदा नेपालले ७–० को फराकिलो अग्रता बनाएको हो।
खेलको ११ औँ मिनेटमा अनिता बस्नेतको गोलमा नेपालले सुरुवाती अग्रता बनाएको थियो। सविता रानामगरको लामो क्रसमा रश्मीले सावित्रा भण्डारीलाई मिलाएको बलमा साम्बाले अनिता बस्नेतलाई दिएको पासलाई नियन्त्रणमा लिर्दै उत्कृष्ट गोल गरेकी थिईन्।
सविताको प्रहार सेकेण्ड बार नजिकबाट बाहिरिदा नेपालले अग्रता दोब्बर पार्ने सुन्दर मौका गुमायो।
पहिलो हाफमा नै साम्बाको हेडर गोलमा नेपालले अग्रता दोब्बर पार्यो। अनिता बस्नेतको क्रसमा साम्बाले हेडर गोल गरिन्।
खेलको ४७ औँ मिनेटमा सरु लिम्बुको गोलमा नेपालले लाओसविरुद्ध ३–० को अग्रता लिएको हो। सविता राना मगरको पासमा सरुले बललाई पोष्टको जाली चुमाएकी थिईन्।
खेलको ४५ औँ मिनेटमा सविताले डिबक्स नजिकबाट गरेको प्रहार सिधै लाओसकी कप्तानको हातमा पुग्यो।
खेलको ५५ औँ मिनेटमा साम्बाले व्यक्तीगत दोस्रो गोल गर्दा नेपालले ४–० को अग्रता लिएको हो।
५६ औँ मिनेटमा रश्मी कुमारी घिसिङको गोलमा नेपालले ५–० को फराकिलो अग्रता बनायो। रेनुकाको पासमा रश्मीले बललाई पोष्टको गति दिएकी थिईन्।
दोस्रो हाफको ३० औँ मिनेटमा साम्बाले ह्याट्रिक पूरा गरिन्। साम्बाको ह्याट्रिक गोल गर्दा नेपालले ६–० को अग्रता बनायो।
त्यसको एक मिनेटमा नै साम्बाले चौथो गोल गर्दा नेपालले ७–० को फराकिलो अग्रता बनाएको छ।
Shares

प्रतिक्रिया