फिफा क्लब विश्वकपको नकआउट चरणमा म्यानचेस्टर सिटीले साउदी अरेबियन क्लब अल–हिलाल विरुद्ध खेल्ने भएको छ।
समूह ‘जी’को खेलमा सिटीले युभेन्टसमाथि ५–२ को फराकिलो जित दर्ता गरेको थियो।
एर्लिङ हालान्डले करियरमा शीर्ष स्तरको ३ सय गोल गरेको खेलमा सिटीले सहज जित निकालेको हो।
सिटीले अब समूह एच को उपविजेता टोली अल–हिलालसँग खेल्नेछ। खेलको पहिलो हाफमा २–१ ले अग्रता बनाएको सिटीले दोस्रो हाफमा ३ गोल थप्दा युभेन्टसले एक गोल मात्र फर्कायो।
हारका बावजुद पनि एक खेल अघि नै अन्तिम १६ मा पुगेको युभेन्टसले रियल मड्रिडको सामना गर्नेछ। यी टोलीबीचको खेल मंगलबार हुनेछ।
समूह एच को अन्तिम खेलमा रियलले भने समूह चरणको अन्तिम खेलमा रेडबुल साल्र्जवर्गलाई ३–० गोल अन्तरले पाखा लगायो।
अर्को खेलमा अल–हिलालले पचुकामाथि २–० को जित हात पार्यो।
Shares

प्रतिक्रिया