खेल


शुभम् खनालको घातक बलिङमा जापान ८० रनमा अलआउट

शुभम् खनालको घातक बलिङमा जापान ८० रनमा अलआउट

नेपालखबर
असार १०, २०८२ मंगलबार १०:१६, काठमाडौँ

मलेसियामा जारी एसीसी पुरुष यू–१६ इस्ट जोन कप एक दिवसीय क्रिकेटमा जापानले नेपाललाई ८१ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

मलेसियाको क्लालालाम्पुरस्थित कोलेज टुआङ्कु जाफर ओभल मैदानमा मंगलबार बिहान टस जितेर पहिले ब्याटिङ रोजेको जापान शुभम् खनालको घातक बलिङसामु ३४.३ ओभरमा ८० रन जोड्दा अलआउट भयो। 

शुभमले १० ओभरमा ३ मेडन राख्दै १५ रन खर्चिएर ५ विकेट लिए। अभय यादवले २ तथा सुशीलबहादुर रावल र विपिन शर्माले एक-एक विकेट लिँदा जापान पूरै ओभर टिक्न सकेन। 

जापानका लागि कप्तान चार्ली हाराहिन्जेले सर्वाधिक ३६ रन बनाए। ग्याबी हाराहिन्जेले १३ रन बनाउनु बाहेक बाँकी ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। 
 

पहिलो खेलमा सिगांपुरलाई ६ विकेटले पराजित गरेको नेपाली युवा टोली लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ। 

जापानले पहिलो खेलमा भुटानमाथि २ सय १५ रनको फराकिलो जित हात पारेको थियो। पहिलो खेलमा सानदार ब्याटिङ गरेको जापानिज टोली नापाल सामु भने निरिह देखियो। 

समूह चरणमा पहिलो जित निकालेका जापान र नेपाल क्रमशः पहिलो र दोस्रो स्थानमा छन्। समान ३ अंक भएपनि जापान नेट रनरेटमा अघि रहँदै शीर्ष स्थानमा रहेको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad