खेल


अल्जेरियामा स्टेडियमबाट खसेर एक दर्शकको मृत्यु

अल्जेरियामा स्टेडियमबाट खसेर एक दर्शकको मृत्यु

नेपालखबर
असार ८, २०८२ आइतबार १६:५०, काठमाडौँ

अल्जेरियामा स्टेडियमबाट खसेर एक जनाको मृत्यु भएको छ। स्थानीय फुटबल क्लब एमसी एल्गरले लिग उपाधि जित्दा अन्तिम सिट्टी बज्ने बित्तिकै माथिल्लो स्ट्यान्डबाट खसेर एक जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। 

एमसी एल्गरले एनसी मगरासँग गोलरहित बराबरी गर्दै लगातार दोस्रो वर्ष उपाधि जितेको थियो। स्टेडियमको भत्कदा ५० जना घाइते भएका छन्। धेरै घाइतेको अस्पताल लगिएको छ।

एमजी अल्जरका खेलाडी र कर्मचारीहरू अस्पतालमा रक्तदान गर्न समेत पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ। खेल हेर्न गएका दर्शकले स्टेडियम भरिभराउ थियो। एमसी अल्गरले लिग उपाधि रक्षा गरेको थियो। 

दुर्घटनापछि लिग ट्रफी वितरण कार्यक्रम स्थगित गरिएको थियो। अल्जेरियाका राष्ट्रपति अब्देलमजिद तेब्रबानेले घटना प्रति शोक व्यक्त गर्दै घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad