खेल


एमबाप्पेले फिफा क्लब विश्वकप अन्तर्गत आइतबारको खेल पनि गुमाउने

एमबाप्पेले फिफा क्लब विश्वकप अन्तर्गत आइतबारको खेल पनि गुमाउने

नेपालखबर
असार ८, २०८२ आइतबार १५:१३, काठमाडौँ

रियल मड्रिडका फरवार्ड केलियन एमबाप्पेले फिफा क्लब विश्वकप अन्तर्गत आइतबार राति हुने खेल पनि गुमाउने भएका छन्। 

रियलका प्रशिक्षक जाभी एलोन्सोले एमबाप्पेको स्वास्थ्यमा सुधार हुँदै गएपनि उनले आइतबार राति हुने खेल गुमाउने बताएका हुन्।

रियलले आइतबार राति पाचुकाविरुद्ध खेल्दैछ। एमबाप्पेले पहिलेभन्दा ठिक महसुस गरेपछि उनी आज रातिको खेलमा अनुपस्थित हुनेछन्। एमबाप्पेले सम्भवत समुह चरणको अन्तिम खेलमा उपलब्ध हुनेछन्। 

ज्वरो र ग्यास्ट्रिक भएपछि एमबाप्पेले फिफा क्लब विश्वकपको पहिलो खेल गुमाएका थिए। रियलले बुधबार अल हिलालसँग १–१ को बराबरी गरेको खेलमा पनि एमबाप्पे अनुस्थित थिए। 

२६ वर्षीय एमबाप्पे अस्पताल भर्ना भएका थिए। उनी अहिले क्लबको प्रशिक्षणमा जुटेका छन्। तर उनी क्लबसँगको खेलका लागि यात्रा गर्ने छैनन्। 

एमबाप्पेको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गइरहेको प्रशिक्षक जाभीले बताए।

एमबाप्पे फ्रि ट्रान्सफरमा पेरिस सेन्ट जर्मेन (पिएसजी) छाडेर रियलमा आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad