खेल


स्कटल्यान्डले नेपाललाई दियो १९४ रनको लक्ष्य

स्कटल्यान्डले नेपाललाई दियो १९४ रनको लक्ष्य

नेपालखबर
असार ६, २०८२ शुक्रबार २१:२२, काठमाडौँ

ओपनर जर्ज मुन्सेको विष्फोटक ब्याटिङमा घरेलु टोली स्कटल्यान्डले टी–२० आई त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा जितका लागि नेपालसामु १ सय ९४ रनको लक्ष्य दिएको छ। 

स्कटल्यान्डको ग्लास्गोमा टस जितेर ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९३ रनको योगफल तयार पारेको हो। 

स्कटल्यान्डका लागि ओपनर मुन्सेले सर्वाधिक ७८ रनको योगदान दिए। ३९ बलमा ५ चौका र ६ छक्का हानेका मुन्से १३ औँ ओभरको चौथो बलमा कुशल भुर्तेलको बलमा रोहित पौडेलको हातबाट क्याच आउट भए। 

ब्राण्डोन म्याकमुलेनले ४२ रन बनाउँदा सन्दीप लामिछानेको बलमा बोल्ड आउट भए। उनले ३० बलमा ४ चौका र १ छकका प्रहार गरे। 

मार्क वाड ९ रन बनाउँदै आउट भए। फिन्ले १ रन बनाउँदा सन्दीपको बलमा ललित राजवंशीको हातबाट क्याच आउट भए। 

कप्तान रिची बेरिङटोन ९ रन बनाउँदा कुशल कै बलमा लोकेश बमको हातबाट क्याच आउट हुन पुगे। 

माइकल लिस्क २६ र म्याथु क्रस १७ रनमा नटआउट रहे। 

नेपालले केहीबेरमा जवाफि ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad