राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यही असार ७ गतेबाट तीन वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गर्दैछ।
स्थापना दिवसको अवसरमा रास्वपाले पार्टीका मतदाता, शुभेच्छुक सदस्य तथा स्वदेश तथा विदेशमा रहने सबैप्रति आभार प्रकट गरेको छ।
‘राजनीतिक हिसाबले तीन वर्षको अवधि छोटो अवश्य हो, तर यस अवधिमा राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार, संसद्, संसदीय समितिहरूमा र जनताको बीचबाट इमान्दारिताका साथ सुसासन, जनताको मुद्दा र भ्रष्टाचार विरुद्धको अभियानमा निरन्तर क्रियाशील भइरहेको कुरा यहाँहरूले देखि नै रहनुभएको छ’ प्रवक्ता मनीष झाले शुक्रबार विज्ञप्ति प्रकाशित गरी भनेका छन्, ‘हामीले २ पटक गरी करिब पाँच महिनासम्म सरकारमा रहँदा देश र जनताको हितमा महत्त्वपूर्ण काम गर्न प्रयास गर्यौं।’
उनले पार्टी स्थापना कालदेखि नै विभिन्न किसिमका षड्यन्त्र, आरोप–प्रत्यारोप र प्रहारहरू भइरहेको भन्दै विशेषगरी पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको दाबी गरेका छन्।
‘यो भनेको नयाँ शक्ति प्रतिको डर उनीहरुले राम्रो गर्लान् र हामी पछाडि पर्छौं होला भन्ने चिन्ता र आफूले खाइपाई आएका कुराहरु गुम्लान् भन्ने डर, भए हो भन्ने कुरा आम नेपाली जनता समक्ष स्पष्ट छ’ उनले भनेका छन्।
Shares

प्रतिक्रिया