जारी फिफा क्लब विश्वकपमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले पहिलो हार व्यहोरेको छ। शुक्रबार बिहान भएको समूह बी को खेलमा पीएसजी बोटाफोगोसँग १-० गोलअन्तरले पराजित भएको हो।
पहिलो हाफको ३६ औँ मिनेटमा आइगोर जिससको गोलमा बोटाफोगोले सुरुवाती अग्रता बनाएको थियो। त्यसपछि खेलमा थप गोल हुन नसक्दा पीएसजीले क्लब विश्वकपमा पहिलो हार भोगेको हो।
पीएसजीले पहिलो खेलमा एथलेटिको डि मड्रिडलाई ४–० को फराकिलो अन्तरले हराएको थियो। बोटाफोगेले पहिलो खेलमा सिटल साउण्डर्सलाई २–१ ले हराएको थियो।
जितसँगै बोटाफोगो समूह सी को अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ। एक खेलमा जित र एक खेलमा हार भोगेको पिएसजी ३ अंकमा तालिकाको दोस्रो स्थानमा छ।
एथलेटिको ३ अंकमा तेस्रो स्थानमा छ। दुई खेलमा हार भोगेको सिटल साउन्डर्स अंक विहिन रुपमा तालिकाको पुछारमा छ।
Shares

प्रतिक्रिया