स्कटल्यान्डमा जारी टी–२० आई त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्सले जितका लागि नेपालसामु १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
स्कटल्यान्डको टिटवुड ग्लासगोमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७४ रनको योगफल तयार पारेको हो।
सुरुवातबाट नै दबाबमा परेको डच टोली एक समय ६ ओभरमा ४–४५ को अवस्थामा थियो। पाचौँ विकेटका लागि माइकल लेविट र सकिव जुल्फिकरले ६३ रनको साझेदारी गर्दै नेदरल्यान्ड्सको इनिङ्स उकासेका थिए।
ओपनर माइकल लेविट ८६ रन बनाउँदा क्याच आउट हुन पुगे। ५३ बलमा ६ चौका र ५ छक्का हानेका माइकल करण केसीको बलमा रोहित पौडेलको हातबाट क्याच आउट हुँदै पेभेलियन फर्के।
रोइलफ भान डेर मेर्वे ३६ र आर्यन दत्त १७ रनमा नटआउट रहे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
सकिव जुल्फिकर ११ बलमा २ चौका सहयोगमा १४ रन बनाउँदा सन्दीप लामिछानेको बलमा आउट भए।
नेपालका लागि करण केसीले दुई विकेट लिए। ललित राजवंशी, दिपेन्द्र सिंह ऐरि, रुपेश सिंह र सन्दीप लामिछानेले समान एक विकेट आफ्नो नाममा गरे।
नेपालले केहीबेरमा जवाफि ब्याटिङ गनेछ।
Shares

प्रतिक्रिया