खेल


प्रिमियर लिगको तालिका सार्वजनिक: पहिलो खेलमा भिड्नेछन् लिभरपुल र बर्नमाउथ

प्रिमियर लिगको तालिका सार्वजनिक: पहिलो खेलमा भिड्नेछन् लिभरपुल र बर्नमाउथ

नेपालखबर
असार ४, २०८२ बुधबार १४:४, काठमाडौँ

साविक विजेता लिभरपुलले इङलिस प्रिमियर लिगको यो सिजन सन् २०२५–२६ को उद्घाटन खेलमा बर्नमाउथसँग भिड्ने भएको छ। बुधबार सार्वजिनक खेल तालिकाअनुसार लिगको पहिलो खेलमा लिभरपुलले घरेलु मैदानमा बर्नमाउथसँग खेल्दै सिजनको सुरुवात गर्नेछ।
 
आर्सनलले भने म्यानचेस्टर युनाइटेडसँग भिड्नेछ। यो सिजन बढुवा भएको सुन्दरल्यान्डले वेस्टह्याम युनाइटेडको सामना गर्नेछ। जारी सिजनको प्रिमियर लिग १५ अगष्टमा सुरु हुनेछ। पहिलो दिन एक खेल मात्र हुनेछ। 

दोस्रो दिन ६ खेल हुनेछन्। १६ अगस्टमा एस्टोन भिल्लाले न्युक्यासलसँग खेल्दा ब्राइटन र फुल्हाम भिड्नेछन्। सोही दिन नटिङघम फरेस्टले ब्रेन्टफोर्डसँग खेल्दा सुन्दरल्यान्डले वेस्टह्याम युनाइटेडको सामना गर्नेछ। टोटनहम हट्सपुरले बर्नलीसँग खेल्दा वुल्भसले पहिलो खेलमा नै म्यानचेस्टर सिटीसँग भिड्नेछ। 

अगस्ट १७ तारिकमा चेल्सीले क्रिष्टल प्यालेससँग खेल्दा म्यानचेष्टर युनाइटेडले आर्सनलसँग खेल्नेछ। १८ तारिकमा लिड्सले एभर्टनसँग खेल्ने तालिका छ।

प्रिमियर लिग आगामी १६ अगस्टमा सुरु भएर ०२६ को मे २४ मा सम्पन्न हुनेछ।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad