खेल


फिफा क्लब विश्वकप: पीएसजीको विजय सुरुवात, एथलेटिको मड्रिड ४–० ले पराजित

फिफा क्लब विश्वकप: पीएसजीको विजय सुरुवात,  एथलेटिको मड्रिड ४–० ले पराजित

नेपालखबर
असार २, २०८२ सोमबार ८:५०, काठमाडौँ

युरोपेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एथलेटिको मड्रिडलाई पराजित गर्दै फिफा क्लब विश्वकपमा विजय सुरुवात गरेको छ। 

गएराति भएको खेलमा समूह बी को खेलमा पिएजसीले १० खेलाडीमा सिमित एथलेटिकोलाई ४–० गोलअन्तरले पराजित गर्दै क्लब विश्वकपमा पहिलो जित दर्ता गरेको हो। 

पहिलो हाफको १९ औँ मिनेटमा फेबियन रुइजको गोलमा पिएसजीले सुरुवाती अग्रता बनाएको थियो। 

त्यसपछि पोर्चुगिज स्ट्राइकर गोन्कालो रामोस तीन शसत्त प्रहारमा गोल गर्न विफल भए। पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा नै भिटिन्हाले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे। 

पहिलो हाफमा २ गोल गरेको पीएसजीले दोस्रो हाफमा थप २ गोल गर्‍याे। 

खेलको ७८ औँ मिनेटमा एथलेटिको १० खेलाडीमा सिमित बन्न पुग्यो। रेफ्रि इस्तभान कोभाक्सले क्लेमेट लेन्ग्लेटलाई दोहोरो पँहेलो कार्ड देखाउँदै मैदान बाहिर पठाए। 

वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका सेनी मायुलुले खेलको ८७ औँ मिनेटमा गोल गर्दै पीएजसीलाई ३–० को अग्रता दिलाए। 

खेलको इन्ज्युरी समयमा पीएजसीले पेनाल्टीको मौका पायो। पीएसजीका इब्राहिम एमबायेले पोष्टमा गरेको प्रहार एथलेटिकोका डिफेन्डर रोबिनले नोर्मन्डले हातले छोएको भन्दै पेनाल्टी दिएको थियो।

भिडियो सहायक रेफ्रि (भार) को सहयोमा पीएजसीले पाएको पेनाल्टी मौकामा ली काङ–इनले गोल गर्दै पिएसजीलाई ४-० को जित दिलाए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad