खेल


क्लब विश्वकपमा बायर्नको कीर्तिमानी जित

क्लब विश्वकपमा बायर्नको कीर्तिमानी जित

नेपालखबर
असार २, २०८२ सोमबार ६:७, काठमाडौँ

बुन्डेस लिगा च्याम्पियन बायर्न म्युनिखले फिफा क्लब विश्वकप इतिहासमा सानदार जित दर्ता गर्दै किर्तिमान कायम गरेको छ। 

आइतबार राति सिनसिनाटीमा भएको समूह सी को खेलमा अकल्याण्ड सिटीविरुद्ध १०–० को फराकिलो जित दर्ता गर्दै बुन्डेस लिगाले  क्लब विश्वकप इतिहासमा नै कीर्तिमानी जित हात पारेको हो। 

यसअघि सन् २०२२ मा अल हिलालले अल जजिरामाथि हात पारेको ६–१ को जित नै क्लब विश्वकपमा नै सर्वाधिक अन्तरमा भएको सबैभन्दा ठूलो जित थियो। 

बायर्नको जितमा जमाल मुसियालाले ह्याट्रिक गरे। बायर्नका लागि आफ्नो अन्तिम खेलमा थोमस मुलरले दुई गोल गरे। 

पहिलो हाफको छैटौँ मिनेटमा नै किंग्स कोमनले हेड गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए। 

खेलको १८ औँ मिनेटमा साचा बोएले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे। २० औँ मिनेटमा क्रिष्टल प्यालेसका पुर्व खेलाडी माइकल ओलिसले मुलरको क्रसलाई पोष्टको गति दिदै टोलीलाई अग्रता ३–० को अग्रता दिलाए। 

त्यसको १ मिनेटमा नै अर्थात खेलको २१ औँ मिनेटमा मुसियालाले व्यक्तीगत दोस्रो गोल गर्दा टोलीका लागि चौथो गोल गरे। 

समर सिजनको अन्त्यमा क्लब छाड्नुअघि बायर्नका लागि अन्तिम प्रतियोगिता खेलिरहेका मुलरले ओलिसको क्रसलाई नियन्त्रणमा लिर्दै टोलीका लागि पाचौँ गोल गरेका थिए। लगत्तै ओलिसले व्यक्तीगत दोस्रो गोल गर्दा बायर्नले पहिलो हाफमा नै ६–० को फराकिलो अग्रता बनायो। 

खेलको ६७ औँ मिनेटमा मुसियालाले बायर्नका लागि सातौँ गोल थपे। वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका मुसियालाले छैटौँ मिनेटमा नै गोल गरेका थिए। मुसियालाले ७३ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै बायर्नलाई ८–० को अग्रता दिलाए। एकपक्षिय खेलको ८४ औँ मिनेटमा मुसियालो ह्याट्रिक पूरा गरे। 

ह्यामस्ट्रिङ चोटका कारण बुन्डेस लिगाको सिजनको अन्तिम ६ खेल गुमाएका मुसियाला दा्स्रो हाफमा मात्र मैदान छिरेका थिए। 

खेलको ८९ औँ मिनेटमा मुलरले व्यक्तीगत दोस्रो गोल गर्दा बायर्नले १०–० को कीर्तिमानी जित हासिल गर्‍याे। 

जितसँगै बायर्न अंक तालिकामा समूह सी को शीर्ष स्थानमा उक्लेको छ। पराजित भएको अकल्याण्ड सिटी अंक तालिकाको पुछारमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad