लियोनल मेस्सीको इन्टर मियामी फिफा क्लब विश्वकपमा अल अहली क्लबसँग बराबरीमा रोकिएको छ। आइतबार बिहान हार्ड रक स्टेडियममा भएको समूह ए को खेलमा इन्टर मियामी अल अहलीसँग गोलरहित बराबरीमा रोकिएको हो।
क्लब विश्वकप आयोजक सहर इन्टर मियामी अर्जेन्टिनी स्टार मेस्सीको कप्तानीमा मैदान उत्रेको थियो। इजिप्टीयन जायन्ट अल अहली अफ्रिकन च्याम्पियन्स लिगको विजेताको रुपमा क्लब विश्वकपमा सहभागी भएको हो।
समूह ए कै खेलमा आज पाल्मीरासले पोर्टोको सामना गर्दैछ। समूह बी को खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) र एथलेटिको मड्रिड खेल्नेछन्। समूह सी को खेलमा बायर्न म्युनिखले अकल्याण्ड सिटीसँग खेल्ने तालिका छ।
333
Shares

प्रतिक्रिया