समाज


विश्व रक्तदान दिवस : समितिको कार्यक्रममा २२१ जनाले गरे रक्तदान

विश्व रक्तदान दिवस : समितिको कार्यक्रममा २२१ जनाले गरे रक्तदान

नेपालखबर
असार १, २०८२ आइतबार १२:१२, काठमाडौँ

विश्व रक्तदान दिवसको अवसरमा नेपाल मानव धर्म सेवा समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा दुई सय २१ जनाले रक्तदान गरेका छन्।

रक्तदान दिवसको अवसरमा समितिले देशका ४ स्थानमा कार्यक्रम आयोजना गरेको थियो। समितिको शाखा आश्रम रहेको दाङमा ८० पिन्ट, काठमाडौ र उदयपुरमा समान ६१, र सुर्खेतमा १९ पिन्ट रगत संकलन भएको समितिले जनाएको छ।

रक्तदान कार्यक्रममा समितिकी केन्द्र प्रमुख चमेली बाइजीले विज्ञानले सबै कुराको आविष्कार गरे पनि रगतको आविष्कार गर्न नसकेको र रगतको माग पूरा गर्ने एकमात्र विकल्प रक्तदान भएकाले कार्यक्रमको आयोजना गरिएको बताइन्। 

मानव जीवनको सबैभन्दा ठुलो दान रक्तदान भएकाले सामाजिक कार्यमा सक्रिय हुनुपर्ने उनको भनाइ छ। 

आध्यात्मिक तथा सामाजिक संस्थाको रुपमा विश्वसामु परिचय बनाएको मानव धर्मले विभिन्न अवसर पारेर रक्तदान कार्यक्रम गर्दै आएको छ। हरेक वर्ष जुन १४ लाई विश्व रक्तदान दिवसको रुपमा मनाउँदै आइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad