राजनीति


संसद अवरोध गर्नुको औचित्य छैनः गृहमन्त्री लेखक

संसद अवरोध गर्नुको औचित्य छैनः गृहमन्त्री लेखक

नेपालखबर
जेठ २९, २०८२ बिहिबार १७:१५, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले संसद अवरोध गर्नुको कुनै औचित्य नरहेको बताएका छन्।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले केही समय यता संसद अवरोध रहेको र संसदको अवरोध गर्नुपर्ने कुनै कारण र अर्थ नरहेको जिकिर गरे। 

उनले केही प्रतिपक्षी दलहरूले नियोजित रुपमा षड्यन्त्रमुलक ढंगले आग्रह र पूर्वाग्रह राखेर लागि परेको दाबी गरे। अवरोध राजनीतिक आग्रह, पूर्वाग्रह र प्रतिशोध प्रेरित रहेको उनको भनाई थियो।

गृहमन्त्री लेखकले भने, ‘केही समयदेखि संसद अवरोध भएको छ। यो संसदको अवरोध गर्नुपर्ने कुनै कारण छैन। कुनै अर्थ छैन। कुनै औचित्य छैन। संसदको अवरोधका पछाडि सबै प्रतिपक्ष दललाई म दोष दिन्न तर प्रतिपक्षमा रहेका केही मानिसहरु नियोजित ढंगले, राजनीतिक षड्यन्त्रमुलक ढंगले आग्रह र पूर्वाग्रह राख्ने काम भएको छ। यो अवरोध राजनीतिक आग्रह, पूर्वाग्रह र प्रतिशोध प्रेरित छ। यसका पछि कुनै अर्थ र औचित्य छैन। यो अवरोध चाँडै हट्नुपर्छ।’

गृहमन्त्री लेखकले संसदको अवरोध चाँडै हट्नुपर्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad