कारोबार


गर्मी बढेसँगै बढ्यो फलफूलको व्यापार

गर्मी बढेसँगै बढ्यो फलफूलको व्यापार

नेपालखबर
जेठ २७, २०८२ मंगलबार १९:३६, काठमाडौँ

गर्मी बढेसँगै काठमाडौं उपत्यकामा फलफूलको व्यापार/व्यवसाय बढेको छ।

पछिल्लो केही दिनदेखिको चर्को गर्मीको कारण काठमाडौँमा फलफूलको व्यवसाय फस्टाएको हो।

गर्मी बढेसँगै खरबुजा, केरा, सुन्तला, आँप, नरिवल, मेवा, अङ्गुर, स्याउ लगायतका फलफूलहरूको विक्री बढेको हो।

काठमाडौँका हरेक फलफूल पसलहरूमा गर्मीबाट राहत पाउन उपभोक्ताको भीडभाड बढेको हो। गर्मीमा शिलतला महशुस गराउने फलफूलहरू ग्राहकको प्राथमिकतामा परेका छन्।

फलफूल तथा जुस व्यवसायीका अनुसार पछिल्लो केही दिनयता उखु र नरिवलको जुसको माग पनि ह्वात्तै बढेको छ। गर्मी याममा शरीरलाई चिसो राख्न र डिहाइड्रेसनबाट बच्न फलफूल र जुसहरूको ठूलो भूमिका हुन्छ।

तरबुजा, खरबुजा, आँप, अनार, सुन्तला, स्ट्रबेरी, ब्लु बेरी जस्ता बेरी फलहरू, नरिवल पानी, बेलको जुस र निम्बू पानीको व्यापार बढेसँगै व्यवसायीहरू पनि उत्साहित बनेका छन्। पछिल्लो समयले ग्राहकले बोत्तलको जुस तथा पेयपदार्थ भन्दा फलफूलको जुसलाई बढी रुचाउने गरेको व्यवसायीहरू बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad