नेपाली राष्ट्रिय महिला फुटबल टोलीका खेलाडीहरूलाई सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा निशुल्क उपचार हुने भएको छ।
आइतबार एक समारोहबीच स्वास्थ्यमन्त्री प्रदीप पौडेलले खेलाडीहरूलाई अस्पतालको कार्ड वितरण गर्न निर्देशन दिएका थिए।
अस्पतालबाट वितरित कार्ड पाइसकेपछि खेलाडीहरूलाई अस्पतालले दिने सबै सेवा निशुल्क उपलब्ध हुनेछ।
कार्यक्रममा राष्ट्रिय महिला टोलीका खेलाडीहरू, अफिसियलहरू, एन्फा केन्द्रीय सदस्य तथा राष्ट्रिय टिम तयारी समितिका संयोजक मनिष जोशी लगायत अस्पतालका पदाधिकारीहरूको उपस्थित रहेको थियो।
27
Shares

प्रतिक्रिया