खेल


विश्वकप लिग-२: नेपाल आज स्कटल्यान्डसँग भिड्दै

विश्वकप लिग-२: नेपाल आज स्कटल्यान्डसँग भिड्दै

नेपालखबर
जेठ २५, २०८२ आइतबार ५:२९, काठमाडौँ

आईसीसी विश्वकप लिग–२ एक दिवसीय त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्कटल्यान्डसँग भिड्दै छ।

स्कटल्यान्डको डुन्डीस्थित फोर्थहिलमा हुने खेल आइतबार दिउँसो पौने चार बजेदेखि सुरु हुनेछ। 

सिरिजमा लगातार दुई जित निकाल्दै अपराजित रहेको नेपाली टोली तेस्रो जितको खोजीमा छ। 

पहिलो खेलमा घरेलु टोलीमाथि १ विकेटको फराकिलो जित निकालेको नेपाली टोली लगातार दोस्रो जित निकाल्ने योजनामा छ। सिरिजको पहिलो खेलमा नेपालले स्कटल्यान्डलाई १ बल बाँकी रहँदा १ विकेटले हराएको थियो। 

उता सिरिजको पहिलो खेलमा नेपालसँग पराजित भएको स्कटल्यान्ड नेपालसँग पहिलो खेलमा भोगेको हारको बदला लिने दाउमा हुनेछ। 

सिरिजको दोस्रो खेलमा भने नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पाखा लगाएको थियो। 

जारी सिरिजमा स्कटल्यान्डले एक खेलमा जित र एक खेलमा हार भोगेको छ। स्कटल्यान्डले नेदरल्यान्डलाई भने ४४ रनले हराएको थियो। सिरिजमा नेदरल्यान्डसले जितको स्वाद लिन पाएको छैन। 

लिग–२ त्रिकोणात्मक सिरिजको १४ खेलमध्ये चार खेलमा जित, ८ खेलमा हार र २ खेलमा अंक बाँडेको नेपाल १० अंकसहित तालिकाको सातौँ स्थानमा छ। 

लिगको १८ खेलमध्य १० खेलमा जित, ६ खेलका हार र २ खेलमा अंक बाँडेको स्कटल्यान्ड २२ अंकसहित तालिकाको चौथो स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad