समाज


राप्तीको नहरमा डुबेर १९ वर्षीय युवकको मृत्यु

राप्तीको नहरमा डुबेर १९ वर्षीय युवकको मृत्यु

फाइल तस्बिर


नेपालखबर
जेठ २५, २०८२ आइतबार ६:२, बाँके

बाँकेमा राप्ती नदीको नहरमा डुबेर एक युवकको मृत्यु भएको छ। 

राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीको नहरमा डुबेर नेपालगञ्ज उपमहानगरपालिका–७ निवासी १९ वर्षीय कमल दर्जीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

शनिबार दिउँसो पौडी खेल्ने क्रममा दर्जी नहरमा डुबेपछि प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेका थिए। 

त्यसपछि पुगेका प्रहरी, नेपाली सेना र स्थानीयवासीले खोजी गर्दा दर्जीको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए।

घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad