खेल


आरसीबीको विजयोत्सवमा ११ जनाको मृत्यु भएपछि विराट कोहली स्तब्ध

आरसीबीको विजयोत्सवमा ११ जनाको मृत्यु भएपछि विराट कोहली स्तब्ध

विराट कोहली


नेपालखबर
जेठ २२, २०८२ बिहिबार ९:५५, काठमाडौँ

रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको उपलक्ष्यमा बुधबार विजयोत्सव मनाउने क्रममा भागदौड हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको घटनाप्रति ब्याट्सम्यान विराट कोहलीले गहिरो दु:ख व्यक्त गरेका छन्।

कोहलीले सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्राममा रोयल च्यालेन्जर्स बेंगलुरुले जारी गरेको विज्ञप्ति सार्वजनिक गर्दै लेखेका छन्, ‘मसँग भन्नका लागि कुनै शब्द छैन। म स्तब्ध भएको छु।’

विज्ञप्तिमा आरसीबीले पनि दुर्भाग्यपूर्ण घटना भन्दै गहिरो दुःख व्यक्त गरेको छ।

साथै उसले पीडित परिवारहरूप्रति समवेदना व्यक्त गरेको छ।

मंगलबार राति पन्जाब किंग्सलाई हराउँदै आरसीबीले १८ वर्षपछि आईपीएल उपाधि जितेपछि खुसियालीमा बुधबार बेंगलुरुको चिन्नास्वामी रंगशालामा विजयोत्सव कार्यक्रम आयोजना गरिएको थियो। 

यस क्रममा युवा, महिला, पुरुष र वृद्धवृद्धासमेत सडकका छेउमा उभिएर आरसीबी टोलीलाई स्वागत गरिरहेका थिए। यसै क्रममा भीडभित्र भागदौड मच्चियो र किचिएर कम्तीमा ११ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

कर्नाटकका मुख्यमन्त्री सिद्धरामय्याले घटनाको अनुसन्धान गर्ने घोषणा गरेका छन्।

साथै उनले मृतकका परिवारलाई जनही १० लाख र घाइतेहरूलाई नि:शुल्क उपचारको व्यवस्था गरिने पनि बताएका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad