खेल


आरसीबीको विजयोत्सवमा भागदौड हुँदा मर्नेको संख्या ११ पुग्यो, पीडित परिवारलाई जनही १० लाख दिने घोषणा

आरसीबीको विजयोत्सवमा भागदौड हुँदा मर्नेको संख्या ११ पुग्यो, पीडित परिवारलाई जनही १० लाख दिने घोषणा

भागदौड भएको स्थान।


नेपालखबर
जेठ २१, २०८२ बुधबार २०:५२, काठमाडौँ

रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको उपलक्ष्यमा बुधबार विजयोत्सव मनाउने क्रममा भागदौड हुँदा मर्नेको संख्या ११ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

बेंगलुरुको चिन्नास्वामी क्रिकेट रंगशालाबाहिर भएको भागदौडमा ३३ जना घाइते पनि भएका छन्।

कर्नाटकका मुख्यमन्त्री सिद्धरामय्याका अनुसार रंगशालाको क्षमता ३५ हजार जना अट्ने भए पनि बुधबार आरसीबीको जितको खुसियाली मनाउन २ देखि ३ लाखसम्म मानिस त्यहाँ पुगेका थिए।

यसैबीच मुख्यमन्त्री सिद्धरामय्याले मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति दिन घोषणा गरेका छन् भने घाइतेहरूको उपचार नि:शुल्क गरिदिने बताएका छन्। 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बेंगलुरु दुर्घटनाप्रति गहिरो शोक व्यक्त गरेका छन्।

मंगलबार राति भारतको अहमाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको आईपीएल १८औँ संस्करणको फाइनल खेलमा पन्जाब किग्संलाई ६ रनले हराउँदै आरसीबीले १८ वर्षपछि पहिलोपटक उपाधि जितेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad