खेल


आईसीसी विश्वकप लिग-२: नेदरल्यान्डविरुद्ध नेपालको कसिलो बलिङ

आईसीसी विश्वकप लिग-२: नेदरल्यान्डविरुद्ध नेपालको कसिलो बलिङ

तस्बिर स्रोत- क्यान


नेपालखबर
जेठ २१, २०८२ बुधबार १७:५७, काठमाडौँ

आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्डविरुद्ध नेपालले कसिलो बलिङ गरिरहेको छ। स्कटल्यान्डको डुन्डीमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्डले २८ ओभरको समाप्तीमा ४ विकेटको क्षतिमा १ सय १४ रन बनाएर खेलिरहेको छ। 

नेदरल्यान्डका लागि जच लायन–क्याचेट ११ र तेजा निडामनुरु २ रनमा नटआउट छन्। ओपनर माइकल लेविट १ र म्याक्स ओ डाउड ४ रनमा पेभेलियन फर्के। 

तेस्रो विकेटका लागि विक्रमजित सिंह र कप्तान स्कट इडिवार्डसले ७२ रनको साझेदारी गर्दै नेदरल्यान्डको इनिङस् उकासेका थिए। 

५६ बलमा २ चौका हानेका विक्रमजित ३८ रन बनाउँदा सन्दीप लामिछानेको बलमा आरिफ शेखको हातबाट क्याच आउट हुन पुगे। 

कप्तान स्कटले ७१ बलमा ४६ रन बनाउँदा ललित राजवंशीको बलमा रोहित पौडेलको हातबाट क्याच आउट भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad