खेल


स्कटल्यान्डविरुद्ध नेपालले रोज्यो फिल्डिङ, यस्तो छ प्लेइङ ११

स्कटल्यान्डविरुद्ध नेपालले रोज्यो फिल्डिङ, यस्तो छ प्लेइङ ११

नेपालखबर
जेठ १९, २०८२ सोमबार १५:४२, काठमाडौँ

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत आजको खेलमा नेपालले स्टकल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ। 

टस जितेर नेपालले स्कटल्यान्डलाई पहिला ब्याटिङको निम्तो दिएको हो।  

लिग २ मा नेपालसहित यूएई, नामिबिया, क्यानडा, स्कटल्यान्ड, ओमान, नेदरल्यान्ड्स र अमेरिका छन्। 

पोइन्ट्स टेबलमा नेपाल ६ अंकसहित सबैभन्दा पुछारमा छ। 

स्कटल्यान्डविरुद्ध नेपालको कप्तानी रोहित पौडेलले सम्हालेका छन्। उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित विकेट किपर आसिफ शेख, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुल्शन झा, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी र रिजन ढकाल मैदानमा उत्रिएका छन्। 

स्कटल्यान्डमा भइरहेको ५० ओभरको यो खेल आईसीसी डट टिभीबाट प्रत्यक्ष हेर्न सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad