खेल


आईपीएल: पहिलो क्वालिफायरमा पन्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्ने

आईपीएल: पहिलो क्वालिफायरमा पन्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्ने

नेपालखबर
जेठ १४, २०८२ बुधबार ६:२५, काठमाडौँ

इन्डियन प्रिमियर लिग (आइपीएल) को पहिलो क्वालिफायरमा पञ्जाव किंग्स र रोयल च्यालेन्जर्स बैग्लोर भिड्ने भएका छन्। 

गएराति भएको लिग चरणको अन्तिम खेलमा लखनउ सुपर जायन्टलाई ६ विकेटले पराजित गर्दै रोयल च्यालेन्र्स बैग्लोरले पहिलो क्वालिफायरमा स्थान बनाएको हो। 

लिग चरणको अन्तिम खेलसँगै आइपीएलको क्वालिफायर र एलिमिनेटर खेल्ने टोलीको टुङ्गो लागेको छ। 

आईपीएलको अंक तालिकामा पञ्जावले शीर्ष र बैग्लुरुले दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्ने भएका हुन्। 

१४ खेलबाट समान ९ खेलमा जित, ४ खेलमा हार र १ खेलमा अंक बाँडेका पञ्जाव र बैग्लुरु शीर्ष र दोस्रो स्थानमा रहेका हुन्। समान १९ अंक भएपनि नेट रनरेटमा पञ्जाव शीर्ष र  बैग्लोर दोस्रो स्थानमा रहे। 

लिगको एलिमिनेटर खेलमा गुजरात टाइटन्स र मुम्बइ इन्डियन्स भिड्नेछन्। समान १४ खेलबाट १८ अंक भएको गुजरात तेस्रो र १६ अंक भएको मुम्बइ चौथो स्थानमा रहँदै एलिमिनेटर खेल्ने भएका हुन्। 

लखनउले दिएको २ सय २८ रनको लक्ष्य बैग्लुरुले ८ बल अगावै ४ विकेटको क्षतिमा भेट्टायो। बैग्लुरुका कप्तान जितेश शर्मा ८५ रनमा अविजित रहे। उनले ३३ बलमा ८ चौका र ६ छक्का प्रहार गरे। 

मयंक अग्रवाल ४१ रनमा नटआउट रहे। विराट कोहली ३० बलमा १० चौका सहयोगमा ५४ रन बनाउँदा क्याच आउट हुन पुगे। फिल साल्ट ३० रनमा क्याच आउट भए। 

त्यसअघि लखनउस्थित भारत रत्न श्री अटल विहारी भाजपायी एकाना क्रिकेट स्टेडियममा बैग्लुरुले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय २७ रनको योगफल तयार पारेको थियो। 

लखनउका कप्तान रिसभ पन्तले सर्वाधिक १ सय १८ रनको योगदान दिएपनि टोलीलाई जित दिलाउन सकेनन्। रिषभले ६१ बलमा ११ चौका र ८ छक्का सहयोगमा १ सय १८ रनमा अविजित रहे। ओपनर मिचेल मार्सले ६७ रन थपे। 

पहिलो क्वालिफायर खेल भोलि बिहिबार हुनेछ। पहिलो क्वालिफायरमा जित निकाल्ने टोलीले सिधै फाइनलमा स्थान बनाउनेछ। पराजित हुने टोलीले फाइनल पुग्न थप एक अवसर पाउनेछ। पराजित टोलीले दोस्रो क्वालिफायरमा एलिमिनेटर खेलको विजेतासँग खेल्न पाउनेछ। 

एलिमिनेटर खेलको विजेताले दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग फाइनल प्रवेशका लागि खेल्नेछ। पराजित हुने टोली बाहिरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad