चेन्नई सुपर किंग्ससँग पराजित भएपछि गुजरात टाइटन्सको इन्डियन प्रिमियर लिग (आईपीएल) शीर्ष स्थानमा रहेर पहिलो क्वालिफायर खेल्ने योजना असफल भएको छ।
आइतबार भएको लिग चरणको आफ्नो अन्तिम खेलमा चेन्नइसँग ८३ रनले पराजित भएपछि गुजरातको शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्ने सपनामा धक्का पुगेको हो।
चेन्नइले दिएको २ सय ३१ रनको लक्ष्य पछ्याएको गुजरात १८.३ ओभरमा १ सय ४७ रन बनाउँदा अलआउट भयो।
गुजरातका लागि ओपनर साइ सुदर्शनले बनाएको ४१ रन नै सर्वाधिक रह्यो। उनले २८ बलमा ६ चौका प्रहार गरे।
अर्सद खानले २०, साहरुख खान १९, राहुल टेवाटियाले १४, कप्तान शुभमन गिलले १३ र रासिद खानले १२ रन थपे।
अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
मुम्बइलाई सस्तैमा रोक्न नुर अहमद र अन्सुल कम्बोजले समान ३ विकेट लिए। रविन्द्र जडेजाले २ विकेट झारे। खलिल अहमद र मथिसा पाथिरानाले समान एक् विकेट आफ्नो नाममा गरे।
त्यसअघि अहमवादस्थित नरेन्द्र मोदी स्टेडियममा टस जितेर ब्याटिङ गरेको चेन्नइले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ३० रनको योगफल तयार पारेको थियो।
चेन्नइका लागि डेवोन कन्वे र डेवाल्ड ब्रेभिसले अर्धशतक पूरा गरे। डेवोनले ३५ बलमा ६ चौका र २ छक्का सहयोगमा ५२ रन बनाउँदा रासिद खानको बलमा बोल्ड आउट हुन पुगे।
डेवाल्डले २३ बलमा ४ चौका र ५ छक्का हान्दै ५७ रन बनाउँदा प्रसिद्ध कृष्णको बलमा विकेट किपरको हातबाट क्याच आउट हुन पुगे। उर्भिल पटेलले ३७ र आयुष महेत्रले ३४ रन बनाए।
लिगको आफ्नो अन्तिम खेल खेलेको चेन्नइ जितको साथमा अंक तालिकाको पुछारमा रहँदै सिजन सकाएको छ।
चेन्नइले लिगको १४ खेलमध्य ४ खेलमा मात्र जित निकाल्दा १० खेलमा हार भोग्दै ८ अंक मात्र बनाएको छ।
Shares

प्रतिक्रिया