नेपाली राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फर्किएको छ। आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल छनोटमा प्रवेश गर्न सफल टोली बुधबार साँझ काठमाडौँ आइपुगेको हो।
टोलीले नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का र प्रवक्ता छुम्बि लामा लगायतले विमानस्थलमा स्वागत गरे।
सोमबार भएको एसिया क्षेत्र छनोटको सुपर थ्रीको खेलमा यूएईलाई ५ विकेटले पराजित गर्दै नेपाल ग्लोबल छनोटमा पुगेको छ।
एसिया क्षेत्र छनोटबाट नेपालसँगै थाइल्यान्डले ग्लोबल छनोटमा स्थान बनाएका हुन्। अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको थियो।



396
Shares

प्रतिक्रिया