नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी डिफेन्डर पूजा राना स्वदेश फर्किएकी छिन्। व्यवसायिक लिगका लागि भुटानको ट्रान्सपर्ट युनाइटेडमा आवद्ध भएकी पुजा बुधबार स्वदेश फर्किएकी हुन्।
राष्ट्रिय टोलीकी कप्तान तथा नियमित गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बा भने भोलि स्वदेश फर्किनेछिन्। व्यवसायिक लिगका लागि हाल फ्रान्समा रहेकी सावित्रा भण्डारी साम्बा र युएईमा रहेकी रेखा पौडेल उतैबाट थाइल्यान्ड पुग्ने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए।
नेपालले आगामी १६ गते र १९ गते दुई मैत्रीपूर्ण खेल खेल्दैछ। नेपाली टोली अहिले राजेन्द्र तामाङको प्रशिक्षणमा रहेको छ। थाइल्यान्डसँगको मैत्रीपूर्ण खेलपछि महिला टोली एएफसी महिला एसियन कप अस्ट्रेलिया २०२६ छनोटको तयारीमा जुट्नेछ।
एसियन छनोटमा नेपाल लाओस, श्रीलंका र उज्वेकिस्तान रहेको समुह एफ मा रहेको छ। छनोटको पहिलो खेलमा नेपालले २९ जुनमा लाओसविरुद्ध खेल्नेछ। जुलाइ २ मा श्रीलंकासँग र जुलाइ ५ मा उज्वेकिस्तानविरुद्ध खेल्ने तालिका छ।
Shares

प्रतिक्रिया