खेल


बंगलादेशसँग हारेसँगै नेपाली युवा टोलीको यात्रा सेमिफाइनलमा रोकियो

बंगलादेशसँग हारेसँगै नेपाली युवा टोलीको यात्रा सेमिफाइनलमा रोकियो

नेपालखबर
जेठ २, २०८२ शुक्रबार १७:५१, काठमाडौँ

बंगलादेशसँग पराजित हुँदै नेपाली युवा टोलीको साफ यू–१९ पुरुष च्याम्पियनसिपको यात्रा सेमिफाइनलमा नै रोकिएको छ।

भारतको अरुणाञ्चल प्रदेशस्थित गोल्डेन जुब्ली स्टेडियममा भएको पहिलो सेमिफाइनलमा नेपाल बंगलादेशसँग २–१ गोल अन्तरले पराजित हुँदै अन्तिम चारबाट नै घर फर्किने भएको हो।

खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्ने केही अवसरको सृजना गरेपनि अग्रता बनाउन भने सकेनन्।

खेलको ७४ औँ मिनेटमा बंगलादेशका डिफेन्डर अशिकुर रहमानको गोलमा नेपालविरुद्ध अग्रता बनाएको थियो।

कप्तान नज्मुल हुडा फैसलको कर्नरमा रहमानले गोललाइनबाट हेडर गोल गरेका थिए।

८१ औँ मिनेटमा फैसलको गोलमा बंगलादेशले अग्रता दोब्बर पार्यो। लगातार दुई गोल खाएपछि दबाबमा आएको नेपालले अन्तिम समयमा केही दबाब बनाएको थियो।

खेलको ८७ औँ मिनेटमा सुजन डंगोललले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याएका थिए।

त्यसपछी नेपालले गोल गर्न नसक्दा सेमिफाइनलबाटै घर फर्किने भएको हो।

फाइनलमा पुगेको बंगलादेशले अब उपाधिका लागि भारत र मालदिभ्सबीचको खेलको विजेतासँग खेल्नेछ।

आजै हुने दोस्रो सेमिफाइनलमा भारत र मालदिभ्स खेल्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad