समाज


सगरमाथा संवादमा भारतीय वनमन्त्रीले भने: जलवायु संकट न्यूनीकरणमा योगदान दिन प्रतिबद्ध छौँ

सगरमाथा संवादमा भारतीय वनमन्त्रीले भने: जलवायु संकट न्यूनीकरणमा योगदान दिन प्रतिबद्ध छौँ

नेपालखबर
जेठ २, २०८२ शुक्रबार १७:५२, काठमाडौँ

भारतीय वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री डा भूपेन्दर यादवले वातावरणीय संकटको ठूलो हिस्सा हिमालयले बहन गर्नुपरेको बताएका छन्।

काठमाडौँमा आयोजित 'सगरमाथा संवाद' कार्यक्रमअन्तर्गत ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ विषयको छलफलमा सहभागी हुँदै उनले भारतको वातावरणीय भविषय हिमालयसँगै जोडिएको बताएका हुन्।  

उनले भारत सरकार पहाडी र हिमाली क्षेत्रका जनताले भोग्नुपर्ने असरका बारेमा सचेत रहेको पनि बताए। यादवले प्रधानमन्त्री नरेन्द्र मोदी पनि हिमाली संकटको लागि भारतले निभाउने भूमिकामा कमी नहुने गरी काम गर्न तयार रहेको बताए। 

त्यस्तै उनले भारतले जलवायु संकट न्यूनीकरण गर्न योगदान दिन प्रतिबद्ध रहेको पनि बताए।  

भिडिओ:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad