थाइल्यान्डसँगको दुई मैत्रीपूर्ण खेलका लागि ३१ सदस्यीय नेपाली महिला टोलीको घोषणा भएको छ।
टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले शुक्रबार ३१ सदस्यीय टोलीको घोषणा गरेका हुन्। थाइल्यान्डको बैककमा हुने दुई मैत्रीपूर्ण खेल बन्द रगंशालामा हुनेछ।
पहिलो खेल ३० मे मा र दोस्रो खेल जुन २ मा हुनेछ।
थाइल्यान्डसँगको मैत्रीपूर्ण खेललाई नेपाली टोलीले एएफसी महिला एसियन कप अष्टे«लिया २०२६ को तयारीको रुपमा लिएको छ।
एसियन छनोटमा नेपाल लाओस, श्रीलंका र उज्वेकिस्तान रहेको समूह एफ मा रहेको छ।
महिला टोलीः
गोलरक्षकः एञ्जिाला तुम्बाप्पो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, लिला जोशी
मिडफिल्डरः रेनुका नगरकोटे, प्रिति राइ, सरु लिम्बु, सरस्वती हमाल, हिमा राउत, तुल्सा बोहोरा, विमला चौधरी, अनिता बस्नेत, सविता रानामगर, सुष्मा तामाङ
फरवार्डः सावित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ, अनिता केसी, चन्द्रा भण्डारी, मिना देउवा, ममता पुन, पुर्णिमा राई
171
Shares

प्रतिक्रिया