खेल


आईसीसी विश्वकप लिग-२ : त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टोलीको बिदाइ

आईसीसी विश्वकप लिग-२ : त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टोलीको बिदाइ

नेपालखबर
बैशाख ३१, २०८२ बुधबार १२:२९, काठमाडौँ

स्कटल्यान्डमा हुने आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिज र युके भ्रमणका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार एक कार्यक्रम गर्दै नेपाली टोलीको बिदाइ गरेको हो।

स्कटल्यान्ड सिरिजअघि नेपालले बेलायतमा ५ खेल खेल्नेछ। 'राइनोज टुर अफ युके' भ्रमणका क्रममा नेपालले ओडीआई र टी–२० खेल खेल्नेछ। 

नेपालले पर्सि शुक्रबार कार्डिफ विश्वविद्यालयसँग कार्डिफमा पहिलो एकदिवसीय खेल खेल्ने तालिका छ। १९ मे मा मेरिलबोन क्रिकेट क्लब (एमसीसी) सँग हेरेफोर्डशायरमा दोस्रो एकदिवसीय खेलखेल्ने तालिका छ। 

२२ मे मा ग्लोसेस्टरशायरसँग नेपालले दुई टी–ट्वान्टी खेल खेल्ने तालिका छ। २६ मे मा ग्लामोर्गनसँग ग्लामोर्गनमै एकदिवसीय खेल्ने तालिका छ। 

युकेमा एक दिवसीय र टी-२० खेलपछि नेपाली टोली उतैबाट स्कटल्यान्ड जाने तालिका छ। सिरिजअघि नेपालले स्कटल्यान्डमा नै स्कटल्यान्ड ए टोलीसँग दुई अभ्यास खेल खेल्नेछ। पहिलो अभ्यास खेल २९ मे मा र ३१ मे मा दोस्रो एक दिवसीय खेल खेल्ने तालिका छ। 

अभ्यास खेलपछि नेपालले २ जुनमा स्कटल्यान्डविरुद्ध खेल्दै त्रिकोणात्मक सिरिजको सुरुवात गर्नेछ। दोस्रो खेल ४ जुनमा नेदरल्यान्डविरुद्ध खेल्नेछ। ८ जुनमा स्कटल्यान्डसँग र १० जुनमा नेदरल्यान्डसँग खेल्ने तालिका छ। 

त्रिकोणात्मक सिरिजपछि नेपाली टोलीले स्कटल्यान्ड र नेदरल्यान्डसँग टी-२० सिरिज खेल्नेछ। 

सिरिजका लागि नेपालले शनिबार रोहित पौडलको कप्तानीमा अन्तिम टोलीको घोषणा गरेको हो। टोलीमा उपकप्तानको जिम्मेवारी दीपेन्द्र सिंह ऐरिलाई दिइएको छ।

नेपाली टोलीः रोहित पौडेल (कप्तान) दीपेन्द्र सिंह ऐरि (उपकप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल साह, भीम सार्की, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, ललित राजवंशी, नन्दन यादव र रिजन ढकाल 

टी-२० आई सिरिजका लागि थपः  किरन ठगुन्ना, लोकेश बम र रुपेश सिंह
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad