नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले सङ्घीयता विरोधी सङ्घीयता ल्याउने पार्टीहरू नै रहेको बताएका छन्।
बुधबार काठमाडौँमा आयोजित संघीयताको कसीमा आर्थिक वर्ष २०८२/०८३ को बजेट छलफल कार्यक्रममा बोल्दै उनले २५ हजारदेखि ५० हजारसम्मका बजेट पनि सङ्घले विनियोजन गर्ने परिपाटी रहेको बताउँदै प्रदेश र स्थानीय तहप्रति सङ्घ सरकारले विश्वास नगरेको बताएका हुन्।
'सङ्घीयता कार्यान्वयनमा मेन्टालिटीको कुरा गर्दा खेरी बजेट कहाँ कति दोस्रो कुरा हो, ५० हजार, २५ हजारका सङ्घले हाल्ने के हो त त्यो? त्यो मेन्टालिटी त हो। तल संयन्त्र छ, संरचना छ, उसलाई कार्यान्वयन गर्ने विश्वास छैन, दिइँदैन,' उनले भने, 'त्यो खालको मनोविज्ञानले काम गरिरहेको छ। सङ्घीयताको विरोधी अरू कोही होइन, सङ्घीयताका विरोधी सङ्घीयता ल्याउने र संविधान बनाउने पार्टीहरू नै छन्। आफू सत्तामा पुग्दा कार्यान्वयन भइराखेको छैन। कानुन बनिराखेको छैन। कानुन नबनेर तल प्रदेशले आफ्ना अधिकार पाइराखेको छैन।'
Shares

प्रतिक्रिया