भारतीय क्रिकेट टोलीका ब्याटर विराट कोहलीले टेस्ट क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन्।
कोहलीले इंग्ल्यान्डसँगको पाँच खेलको टेस्ट सिरिजअघि संन्यास लिने निर्णय गरेका हुन्।
इंग्ल्यान्डसँगको टेस्ट सिरिज आगामी जुन २० देखि सुरु हुँदै छ। ३६ वर्षीय कोहलीले १ सय २३ क्रिकेट खेलमा ९ हजार १२० रन बनाएका छन्।
कोहलीले आफ्नो सामाजिक सञ्जालमार्फत संन्यास घोषणा गरेका हुन्।
उनले लेखेका छन्, ‘मैले टेस्ट क्रिकेटमा निलो पहिरन लगाएको १४ वर्ष भइसक्यो। यो यात्राले मलाई यहाँसम्म लैजान्छ भनेर कल्पना समेत गरेको थिइन। यसले मलाई जीवनभरका लागि पाठ सिकाएको छ, यसलाई म सधैँ बोक्नेछु।’
कोहलीले आफ्नो टेस्ट क्रिकेट यात्रा सहज नभए पनि सही भएको बताउँदै सक्नेजति योगदान गरेको बताएका छन्।
‘यो यात्रा मेरा लागि सहज थिएन तर यो सही थियो। मैले सक्ने जति दिएँ र यसले मलाई त्योभन्दा बढी दियो जति मैले सोचेको समेत थिइनँ’, उनले भनेका छन्।
गत बुधबार मात्र रोहित शर्माले टेस्ट क्रिकेटबाट संन्यास घोषणा गरेका थिए।
Shares

प्रतिक्रिया