समाज


युवतीलाई भारत पुर्‍याएर यौन धन्दामा लगाएको आरोपमा २१ वर्षीया अर्की युवती पक्राउ

युवतीलाई भारत पुर्‍याएर यौन धन्दामा लगाएको आरोपमा २१ वर्षीया अर्की युवती पक्राउ

नेपालखबर
बैशाख २९, २०८२ सोमबार १३:२०, काठमाडौँ

मानव बेचबिखनमा संलग्न भएको आरोपमा पर्सा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ। 

एक युवतीलाई नयाँ कपडा किनिदिने भन्दै भारतको रक्सौलमा लगेर यौन पेसामा लगाएको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका-१६ नगवाकी २० वर्षीया अलिया खातुनलाई पक्राउ गरेको हो। 

उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले यही वैशाख २७ गते पक्राउ गरेको हो।

पक्राउ परेकी खातुनविरुद्ध पर्सा जिल्ला अदातबाट मानव बेचबिखन तथा ओसार पसारको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी तथा डीएसपी किशोर लम्सालले जानकारी दिए।

खातुनले यही वैशाखको २१ गते एक युवतीलाई नयाँ कपडा किनिदिन्छु भन्दै भारतको रक्सौल पुर्‍याएकी थिइन्। त्यहाँ लगेर ती युवतीलाई उनले यौन पेसामा लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

ती युवतीलाई उद्धार गरेर नेपाल फिर्ता ल्याइएको डीएसपी लम्सालले जानकारी दिए। 

यसअघि पनि खातुनले अन्य बालिकाहरुलाई भारत लगेर यौन पेसामा लगाउने गरेको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad