खेल


आर्सनलविरुद्ध सेमिफाइनलको दोस्रो लेगमा डेम्बेले उपलब्ध हुने

आर्सनलविरुद्ध सेमिफाइनलको दोस्रो लेगमा डेम्बेले उपलब्ध हुने

नेपालखबर
बैशाख २४, २०८२ बुधबार ११:५०, काठमाडौँ

पेरिस सेन्ट जर्मेनका फरवार्ड ओस्माने डेम्बेले च्याम्पियन्स लिगअन्तर्गत आर्सनलविरुद्ध हुने सेमिफाइनलको दोस्रो लेगमा उपलब्ध हुने भएका छन्। 

ह्यामस्ट्रिङको चोटका कारण मैदान बाहिर रहेका डेम्बेले सेमिफाइनलको दोस्रो लेगमा भने भाग लिने भएका हुन्।

सेमिफाइनलअन्तर्गत पहिलो लेगको दोस्रो हाफमा चोट लागेपछि फ्रान्सका स्ट्राइकर डेम्बेले मैदान छाडेका थिए। 

त्यसअघि खेलको चौथो मिनेटमा उनकै निर्णायक गोलमा पीएसजीले आर्सनविरुद्ध अग्रता बनाएको थियो। 

दुई दिनदेखि टोलीसँगै प्रशिक्षणमा रहेका २७ वर्षीय डेम्बेले दोस्रो लेग खेल्न सक्ने मुख्य प्रशिक्षक लुई एनरिकले बताएका हुन्। 

उनले भने, उनले साधारण प्रशिक्षण मात्र गरेका थिए। बुधबार हुने खेलमा उनी उपलब्ध हुनेछन्। 

पीएसजीले च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा आज बुधबार आर्सनलविरुद्ध खेल्दै छ।

पहिलो लेगमा १–० ले अग्रता बनाएको पीएसजी आज त्यही नतिजा कायम राखे पनि फाइनलमा पुग्नेछ।

यो खेलको विजेता उपाधिका लागि इन्टर मिलानसँग भिड्नेछ। 

इन्टरमिलानले बार्सिलोनालाई समग्रमा ७–६ को नतिजा निकाल्दै फाइनलमा स्थान बनाएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad