भारतीय क्रिकेटर मोहम्मद शमीलाई ज्यान मार्ने धम्की आएको छ। यो जानकारी अमरोहाको प्रहरी अधीक्षक (एसपी) अमित कुमारले दिएका हुन्।
उनले पीटीआईसँग भनेका छन्, ‘मोहम्मद शमीका भाइ हसिबले उनका दाइलाई इमेलमार्फत ज्यान मार्ने धम्की आएको जानकारी दिए। मेलमा १ करोड रुपैयाँ मागिएको छ।’
एसपी अमित कुमारका अनुसार मोहम्मद शमीका भाइ हसिबलाई इमेल पठाउने प्रभाकर नामका कुनै पनि व्यक्तिबारे जानकारी नभएको पनि बताएका छन्।
घटनाबारे अमरोहाको साइबर प्रहरी स्टेसनमा उजुरी दर्ता गरिएको छ र प्रहरीले इमेल पठाउने व्यक्तिलाई पत्ता लगाउने प्रयास गरिरहेको छ।
मोहम्मद शमी उत्तर प्रदेशको अमरोहाका बासिन्दा हुन्।
2.1k
Shares

प्रतिक्रिया