खेल


लिभरपुलको कीर्तिमान: २० औँ पटक प्रिमियर लिगको उपाधि

लिभरपुलको कीर्तिमान: २० औँ पटक प्रिमियर लिगको उपाधि

नेपालखबर
बैशाख १५, २०८२ सोमबार ७:६, काठमाडौँ

टोटनह्याम हट्सपरलाई पराजित गर्दै लिभरपुलले २० औँ पटक इङलिस प्रिमियर लिग उपाधि हात पारेको छ।  

आइतबार राति घरेलु मैदान एनफिल्डमा भएको खेलमा टोटनह्याममाथि ५–१ को फराकिलो जित निकाल्दै लिभरपुलले उपाधि जितेको हो।  

टोटनह्यामाथिको सानदार जितले लिभरपुलले चार खेल बाँकी रहँदा नै उपाधि जित्ने सातौँ टोली बनेको छ। लिगमा दोस्रो स्थानको आर्सनलको ६७ अंक हुँदा उपाधिबाट टाढिएको हो। 

जितसँगै लिगको ३४ खेलमा लिभरपुलले २५ खेलमा जित, ७ खेलमा बराबरी र २ खेलमा हार भोग्दै ८२ अंकमा शीर्ष स्थानमा रहँदै उपाधि आफ्नो पक्षमा पार्यो। 

उपाधिसँगै लिभरपुलले २० औँ पटक च्याम्पियन बनेको हो। सन् १९९२÷९३ मा आधुनिक प्रिमियर लिग सुरु भएपछि लिभरपुलको यो दोस्रो उपाधि जितेको हो। 

त्यसअघि लिभरपुलले १८ पटक लिग उपाधि उचालेको थियो। यो उपाधिसँगै लिभरपुल कीर्तिमानी २० औँ पटक इङलिस च्याम्पियन बन्यो। 
जितसँगै लिभरपुलले म्याचेष्टर युनाइटेडसँगको उपाधि बराबरी गरेको छ। युनाइटेडले अन्तिम पटक सन् २०१२÷१३ मा उपाधि जितेको थियो। 

टोटनह्याममाथि जित निकालेसँगै लिभरपुलले सन् १९९० पछि पहिलो पटक आफ्नै समर्थकको अगाडि उपाधि जितेको खुसी मनाउन पाएको थियो। यसअघि सन् २०२० मा लिभरपुलले उपाधि जितेपनि कोभिड महामारीका कारण एनफिल्डमा बन्द ढोकापछाडी उपाधि उचालेका थिए।

लिभरपुललाई उपाधि जित्न मात्र एक अंकको आवश्यकता भएपनि एकपक्षिय खेलमा टोटनह्यामाथि सानदार जित हात पारेको हो। 
पहिलो हाफको १२ औँ मिनेटमा लिभरपुलका पुर्व स्ट्राइकर डोमिनिक सोलान्केले टोटनह्यामलाई सुरुवाती अग्रता दिलाएका थिए। 

त्यसको चार मिनेटपछि नै अर्थात खेलको १६ औँ मिनेटमा लुइस डियाजको गोलमा लिभरपुल खेलमा फर्किएको थियो। 

पहिलो हाफमा नै ३–१ ले अग्रता बनाएपछि लिभरपुल उपाधि उचाल्नेमा पक्का भइसकेको थियो। खेलको २४ औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरको गोलमा लिभरपुलले अग्रता बनाएको थियो। 

पहिलो हाफको ३४ औँ मिनेटमा कोडी गाक्पोको गोलमा लिभरपुलले पहिलो हाफमा नै ३–१ को अग्रता कायम गर्यो। 

खेलको ६३ औँ मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभपुललाई फराकिलो अवस्थामा पुर्याइसकेका थिए। ६९ औँ मिनेटमा लिभरपुलले उपहार गोल पायो। डेस्टिनी उडोगीको आत्मघाति गोलमा लिभपुरलले ५–१ को फराकिलो अग्रता बनायो। 

गएराति नै भएको अर्को खेलमा म्यानचेष्टर युनाइटेड र एफसी वर्नमाउथले १–१ को बराबरी गर्दै अंक बाँडे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad