समाज


जिप सडकबाट २ सय मिटर तल खस्दा ३ युवाको मृत्यु

जिप चालकसहित २ युवा घाइते
जिप सडकबाट २ सय मिटर तल खस्दा ३ युवाको मृत्यु

दुर्घटनामा परेकाे गाडी


नेपालखबर
बैशाख १५, २०८२ सोमबार ७:१८, काठमाडौँ

पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा जिप चालकसहित दुई जना घाइते भएका प्रहरीले जनाएको छ। 

गएराति रैनादेवी छहरा गाउँपालिका(१ सिद्धेश्वरमा लु ३ च २३७७ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।  

पाल्पाकै असारे भन्ने स्थानबाट ठूलोपोखरीतर्फ जाँदै गरेको जिप आइतबार राति सवा १० बजेतिर आफैँ अनियन्त्रित भई सडकबाट करिब दुईसय मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा रैनादेवी १ का ३१ वर्षीय चेतनारायण विक, ३६ वर्षीय दीपेन्द्र बुढा र २२ वर्षीय जनक रेगामी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी सुनिल मल्लले जानकारी दिए। 

दुर्घटनामा जिप चालक २७ वर्षीय रञ्जन रेश्मी मगर र २२ वर्षीय सरोज बुढा घाइते छन्। घाइतेमध्ये मगरको अवस्था गम्भीर छ।

उनीहरुको  लुम्बिनी अस्पताल र मिसन अस्पताल पाल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad