खेल


क्यानले उपचाररत क्रिकेटर सिद्धान्त लोहनीलाई ५ लाख सहयोग दिने

क्यानले उपचाररत क्रिकेटर सिद्धान्त लोहनीलाई ५ लाख सहयोग दिने

नेपालखबर
बैशाख ११, २०८२ बिहिबार १५:६, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान)ले भारतमा उपचाररत क्रिकेटर सिद्धान्त  लोहनीलाई ५ लाख आर्थिक सहयोग दिने भएको छ। 

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार लोहनीलाई उपचारका लागि ५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय क्यानले गरेको छ। 

लोहनीले भारतमा गएर घुँडाको शल्यक्रिया गरेका थिए। उनी दुई वर्षअघि जनकपुरमा भएको महेन्द्रनारायण निधी टी–२० राष्ट्रिय प्रतियोगितामा घाइते भएका थिए। 

उपचारका लागि आर्थिक अभाव झेलिरहेका लोहीलाई क्यानले कुनै वास्ता नगरेको भन्दै आलोचना भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad