खेल


एन्फाले माग्यो सिनियर महिला टोलीको मुख्य प्रशिक्षक र ‘पर्फमेन्स एनालिस्ट’

एन्फाले माग्यो सिनियर महिला टोलीको मुख्य प्रशिक्षक र ‘पर्फमेन्स एनालिस्ट’

नेपालखबर
बैशाख ८, २०८२ सोमबार १५:६, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षक र ‘पर्फमेन्स एनालिस्ट’को आवेदन खुलाएको छ। 

मुख्य प्रशिक्षकका लागि प्रो लाइसेन्सप्राप्तसँगै सिनियर महिला टोली वा युवा राष्ट्रिय टोलीको अनुभवी र सफल भएको प्रमाणयुक्त हुनुपर्ने योग्यता राखिएको छ। 

त्यसैगरी पर्फमेन्स एनालिस्टले एउटा चर्चित संस्थाबाट फुटबल लेभल १ मा फिटनेस कोर्स र डेटा विश्लेषणको प्रमाणपत्र प्राप्त गरेको हुनुपर्नेछ। 

एन्फाले आफ्नो सीभी, कभर लेटर र शैक्षिक प्रमाणपत्र इमेलबाट एन्फामा बुझाउन सक्नेछन्। आवेदन दिने समय ३० (२० मे)सम्म दिइएको छ। एन्फाको नियमअनुसार तोकिएको मापदण्डमा आवेदन दिन सकिने बताइएको छ। 

त्यसपछि संक्षिप्त सूचीमा पर्नेलाई एन्फाले जानकारी गराउने बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad