राजनीति


दुर्गा प्रसाईंको खातामा शंकास्पद कारोबार, सीआईबीले थाल्यो अनुसन्धान

दुर्गा प्रसाईंको खातामा शंकास्पद कारोबार, सीआईबीले थाल्यो अनुसन्धान

नेपालखबर
बैशाख ८, २०८२ सोमबार १५:१०, काठमाडौँ

काठमाडौँको तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पनि अनुसन्धान थालेको छ।

शंकास्पद आर्थिक कारोबारका विषयमा अनुसन्धान अगाडि बढाएको सीआईबीका निमित्त प्रमुख चन्द्रकुवेर खापुङले बताए। 

प्रसाईंको खातामा अस्वाभाविक शंकास्पद आर्थिक कारोबार देखिएपछि राष्ट्र बैंकले अनुसन्धानका लागि सीआईबीलाई पत्राचार गरेको थियो। सोही पत्रका आधारमा सीआईबीले अनुसन्धान गरिरहेको छ। 

प्रसाईंलाई पक्राउ गरेरै अनुसन्धान गर्न सीआईबीले जिल्ला अदालतबाट पनि अनुमति लिइसकेको छ। प्रसाईं भने हाल जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन्। उनलाई तीनकुने घटनाका मुख्य योजनाकारका रूपमा प्रहरीले अनुसन्धान गरिरहेको छ। 

उनीमाथि राज्यविरुद्धको कसुरसँगै आपराधिक उपद्रव र संगठित अपराधमा अनुसन्धान गर्न अदालतको अनुमति लिएको प्रहरीले ज्यान मार्ने उद्योगमा पनि कारबाही अघि बढाउने तयारी गरिरहेको छ। 

उनलाई भारतको आसामबाट प्रहरीले पक्राउ गरेर नेपाल ल्याएको थियो। पहिलोपटक १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद पाएको प्रहरीले अब तीन दिनपछि पुनः म्याद थपका लागि अदालतमा उपस्थित गराउँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad