खेल


एनएसएल : पोखरा दोस्रो क्वालिफायरमा, चितवन बाहिरियो (तस्बिरहरू)

एनएसएल : पोखरा दोस्रो क्वालिफायरमा, चितवन बाहिरियो (तस्बिरहरू)

सरोज नेपाल
बैशाख ७, २०८२ आइतबार २०:१६, काठमाडौँ

एफसी चितवनलाई पराजित गर्दै पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल) को दोस्रो क्वालिफायर्समा प्रवेश गरेको छ।

काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा आइतबार भएको एलिमिनेटर खेलमा चितवनलाई ३–० को फराकिलो गोलअन्तरले पराजित गर्दै पोखरा दोस्रो क्वालिफायर्समा प्रवेश गरेको हो।

योसँगै पोखराले लिग चरणमा चितवनसँग भोगेको हारको बदला समेत लिएको छ। लिग चरणमा पोखरा चितवनसँग २–० गोल अन्तरले पराजित भएको थियो।

दोस्रो क्वालिफायरमा स्थान बनाएसँगै पोखराले अब धनगढी एफसीको सामना गर्नेछ। धनगढी पहिलो क्वालिफायरमा ललितपुर सिटी एफसीसँग २–१ ले पराजित भएको थियो। ललितपुरले फाइनलमा स्थान बनाउँदा धनगढीले भने उपाधि नजिक पुग्न अर्को मौका पाएको छ।

दोस्रो क्वालिफायर खेल बुधबार हुनेछ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा मात्र गोल सम्भव भयो।

खेलको ७६ औँ मिनेटमा जो आइडुले व्यक्तीगत दोस्रो गोल गर्दै पोखरालाई चितवनविरुद्ध ३–० को अग्रता दिलाएका थिए।

खेलको ७२ औँ मिनेटमा जो आइडुले डिबक्स नजिकबाट गरेको शसक्त प्रहार क्रसबारमा लाग्दै गोलमा परिणत भयो।

त्यसअघि खेलको ६३ औँ मिनेटमा चितवनका अविशेक लिम्बुको आत्मघाती गोलमा पोखराले सुरुवाती अग्रता बनाएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad