बागमती


त्रिशूली दुर्घटना अपडेट : मोटरसाइकलसहित उद्धार गरिएका तामाङको मृत्यु

त्रिशूली दुर्घटना अपडेट : मोटरसाइकलसहित उद्धार गरिएका तामाङको मृत्यु

नेपालखबर
बैशाख ७, २०८२ आइतबार २०:३२, हेटौँडा

धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभिरबाट त्रिशूलीमा खसेको मोटरसाइकलमा सवार व्यक्तिको मृत्यु भएको छ।

त्रिशूली नदीबाट उद्धार गरिएका सिन्धुली जिल्लाको तिनपाटन गाउँपालिका–९ निवासी २६ वर्षीय मिनबहादुर तामाङको मृत्यु भएको धादिङ प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए।

शनिबार साँझ ५ः२० बजे तिर बा.प्र.०२–०२४ प ४०५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट झण्डै ३०० मिटर तल त्रिशूली नदी किनारमा खसेको थियो।

सो सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बेनिघाट, प्रहरी चौकी जोगीमाराका साथै गजुरीबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरी निरीक्षक हरिकबहादुर खड्काको कमान्डमा बेनिघाटबाट, प्रहरी निरीक्षक रामशरण बस्नेतको कमान्डमा जोगीमाराबाट र प्रहरी नायब उपरीक्षक विकास थापाको कमान्डमा गजुरीबाट खटिएको ११ जनाको टोलीले खोजी गर्दा तामाङ नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ।

उनलाई उपचारका लागि गजुरी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।

मोटरसाइकललाई घटनास्थलबाट निकालेर इलाका प्रहरी कार्यालय बेनिघाटमा राखिएको छ।

मोटरसाइकलमा सवार अर्का एक जना बेपत्ता भएको आशंकामा सशस्त्र प्रहरीको गोताखोरले खोजी गरिरहेको छ।

दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad