वर्षा रोकिएपछि मूलपानी क्रिकेट रंगशालामा यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबीचको भिडन्त सुरु हुने सम्भावना देखिएको छ।
बिहान साढे ९ बजे नै सुरु हुने भनिएको दुई देशबीचको खेल वर्षाले क्रिकेट मैदान भिजेपछि अहिलेसम्म अघि बढाउन नसकिएको हो।
अब भने वर्षा रोकिएर मैदान सुकिलो हुन थालेपछि केही बेरमा खेल सुरु हुने सम्भावना देखिएको हो।
मूलपानीको तल्लो मैदानमा आज हुने अफगानिस्तानसँगको भिडन्तले नेपालको यू-१९ विश्वकपको बाटो तय हुनेछ।
नेपाली युवा टोली नवौँपटक विश्वकप खेल्न अब एक खेल मात्र टाढा छ।
सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने आईसीसी यू-१९ विश्वकपमा एसिया छनोटबाट एक मात्रै टोली पुग्ने छ।
अहिलेसम्म अरु टोलीको सम्भावना समाप्त हुँदा अन्तिम खेल बाँकी रहेका यी दुवै टोलीको सम्भावना छ।
गत वर्ष दक्षिण अफ्रिकामा दुवै टोलीले विश्वकप खेलेका थिए। नेपालले त्यसअघि सन् २००२ देखि २००८ सम्म पनि लगातार विश्वकप खेलेको थियो।
तर त्यसपछि २०१२ र २०१६ मा मात्रै विश्वकपमा पुगेको नेपाल घरेलु मैदानमा भएको छनोटबाट लगातार दोस्रो वर्ष खेल्ने योजनामा छ।
नेपालले बुधबार १२.३ ओभरमै हङकङलाई ९ विकेटले हराउँदा अफगानिस्तानले यूएईलाई १८० रनले जितेको थियो।
यसअघि अफगानिस्तानले हङकङ र नेपालले ओमानलाई समान ८ विकेटले त्यो पनि १३औँ ओभरमा हराएका थिए।
नेपालले यूएईविरुद्ध कठिन जित हात पार्यो भने अफगानिस्तानले पहिलो खेलमा ओमानलाई सहजै हरायो।
मूलपानी क्रिकेट मैदानको ताजा अवस्था:










Shares

प्रतिक्रिया