खेल


‘केपी ओली कप’ राष्ट्रिय क्रिकेट : गण्डकी र काठमाडौँ उपाधिका लागि भिड्ने

‘केपी ओली कप’ राष्ट्रिय  क्रिकेट : गण्डकी र काठमाडौँ उपाधिका लागि भिड्ने

नेपालखबर
बैशाख ४, २०८२ बिहिबार २१:३५, कास्की

पोखरामा सञ्चालन भइरहेको दोस्रो संस्करणको ‘केपी ओली कप’ टी –२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि गण्डकी हिरोज र सिइसी काठमाडौँ भिड्ने भएका छन्।

मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा जारी प्रतियोगितामा आज वर्षाका कारण पहिलो सेमिफाइनल खेल पाँच ओभरको खेलाइएकामा काठमाडौँले हिमाल फ्रेण्ड्स क्रिकेट एकेडेमीलाई १० रनले पराजित गरी फाइनल प्रवेश गर्न सफल भयो।

यसैगरी दोस्रो सेमिफाइनल खेलको पहिलो इनिङ चलिरहँदा वर्षा भएपछि खेलको नतिजा टसबाट गरिएकामा गण्डकी भाग्यमानी बन्दै उपाधि नजिक पुग्न सफल भयो।

टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौँले पाँच ओभरमा ५७ रन बनाएको थियो। खेलमा जितका लागि ५८ रनको विजयी लक्ष्य पाएको हिमाल फ्रेन्ड्सले पाँच ओभरमा तीन विकेट गुमाउँदै ४७ रनमा समेटियो।

ओपनर सुवोध ऐरी १३ रनमा आउट भए। उनले आठ बलमा दुई चौका प्रहार गरे। आसिष तिरुवा १३ रनमा र अयुव चन्द २ रनमा नटआउट रहे। काठमाडौँका लागि मनोज यादवले दुई विकेट लिदाँ युनिश विक्रम सिंह ठकुरीले एक विकेट लिए।

काठमाडौँका ओपनर रित गौतमले सर्वाधिक २८ रन बनाए। अर्जुन घर्ती १३ र दीपेन्द्र रावत आठ रनमा नटआउट रहे। टस हारेर ब्याटिङको निम्तो पाएको अत्तरियाले १३ ओभरको तेस्रो बलमा चार विकेट गुमाउँदै एक ४६ रन बनाउँदा वर्षाका कारण खेल रोकिएपछि निर्णय टसबाट गरिएको हो।  

गत चैत २३ गतेदेखि सुरु भएको प्रतियोगितामा कूल १६ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताको फाइनल खेल भोली सञ्चालन हुनेछ। च्याम्पियन टोलीले नगद रु १० लाख र उपविजेताले नगद रु पाँच  लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।

यसैगरी ‘म्यान अफ दि सिरिज’ ले नगद रु ३० हजार, वेष्ट बलर, बेष्ट ब्याटरले जनही नगद रु १० हजारका साथमा ट्रफी प्राप्त गर्ने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad