खेल


धनगढीविरुद्ध पुनरागमन जित निकाल्दै चितवन प्ले अफमा प्रवेश (तस्बिरहरू)

धनगढीविरुद्ध पुनरागमन जित निकाल्दै चितवन प्ले अफमा प्रवेश (तस्बिरहरू)

सरोज नेपाल
बैशाख ४, २०८२ बिहिबार २१:५३, काठमाडौँ

लिग चरणको अन्तिम खेलमा धनगढी एफसी विरुद्ध ३–१ को उत्कृष्ट पुनरागमन जित निकाल्दै एफसी चितवन पहिलो पटक नेपाल सुपर लिग (एनएसएल) को प्ले अफमा प्रवेश गरेको छ।

जितसँगै ६ खेलमा १० अंक जोडेको चितवन तेस्रो तथा पहिलो हार बेहोरेको धनगढी समान खेलबाट ११अंकका साथ दोस्रो स्थानमा रहे। चितवनको यो जितसँगै काठमाडौं रेजर्सको यात्रा भने लिग चरणमै सिमित बनेको छ। 

चौथो स्थानमा रहेको पोखरा थन्डर्ससँग समान आठ अंक रहे पनि काठमाडौँ गोल अन्तरमा पछि पर्यो।

अब पहिलो क्वालिफायरमा ललितपुर सिटी एफसी र धनगढी तथा एलिमिनेटरमा चितवन र पोखरा भिड्ने छन्।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चितवनलाई जित दिलाउन नेदिर माभ्लोनोभ र जय गुरुङले गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो। 

धनगढीका लागि जर्जप्रिन्स कार्कीले गोल गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad