चर्चित ब्राजिलियन फुटबलर रोबर्टो कार्लोसको नेपाल भ्रमण तालिका हेरफेर भएको छ।
यसअघि भोलि नेपाल आउने तय भए पनि नेपाल सुपर लिग (एनएसएल)ले अब फाइनलअघि मात्रै नेपाल आउने जनाएको हो।
एक विज्ञप्ति जारी गर्दै एनएसएलले उनी बिरामी परेको र छुट्टै परिस्थितिका कारण भोलि आउने तालिका हेरफेर हुनपुगेको उल्लेख गरेको छ।
उनी आउने भएपछि रंगशालामा जान दर्शकले खरिद गरेको टिकटको पूरै पैसा फिर्ता लिन सक्ने व्यवस्था एनएसएलले गरेको छ।
अथवा, कार्लोस आएपछि उपस्थित हुने खेलमा यही टिकटले मान्यता पाउने समेत विकल्प दर्शकलाई दिइएको छ।
126
Shares

प्रतिक्रिया