खेल


बुटवललाई हराउँदै पोखरा एनएसएलको दोस्रो क्वालिफायरमा प्रवेश (तस्बिरहरू)

बुटवललाई हराउँदै पोखरा एनएसएलको दोस्रो क्वालिफायरमा प्रवेश (तस्बिरहरू)

सरोज नेपाल
बैशाख २, २०८२ मंगलबार २०:४१, काठमाडौँ

लिग चरणको अन्तिम खेलमा बुटवल लुम्बिनी एफसीमाथि  जित निकाल्दै पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार सम्पन्न खेलमा पोखराले बुटवललाई २–० ले पराजित गरेको हो।

जितसँगै पोखराले ६ खेलबाट आठ अंक पुर्‍याएको छ। पराजित बुटवल भने एक अंकसहित यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो।

पोखराको जितमा आयुष घलान र बिएस्सी विलियमले गोल गरे १०औँ मिनेटमै पोखराले आयुषको गोलमार्फत सुरुआती अग्रता लिएको थियो। दोस्रो गोल भने ५९औँ मिनेटमा विलियमले हेडरमार्फत गोल गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad