कला


मेरो दोस्रो बिहेचाहिँ दोष लाग्नका लागि मात्र रहेछ: अरुणिमा लम्साल

मेरो दोस्रो बिहेचाहिँ दोष लाग्नका लागि मात्र रहेछ: अरुणिमा लम्साल

अभिनेत्री अरुणिमा लम्साल


नेपालखबर
बैशाख २, २०८२ मंगलबार २०:५३, काठमाडौँ

अभिनेत्री अरुणिमा लम्सालले दोस्रोपटक सम्बन्ध विच्छेद गर्न लागेको खबर यतिबेला चर्चामा छ। 

अमेरिकाबाट नेपाल आएकी अरुणिमाले पति युवराज श्रेष्ठसँग सम्बन्ध विच्छेदका लागि अदालतमा निवेदनसमेत दिइसकेको बताएकी छन्। 

यसैबीच उनले आफ्नो दोस्रो बिहेचाहिँ दोष लाग्न मात्र भएको पश्चाताप व्यक्त गरेकी छन्।  

ऋषि धमलासँग अन्तर्वार्तामा अरुणिमाले भनेकी छन्, ‘मेरो दोस्रो बिहेचाहिँ दोष लाग्नका लागि मात्र, मेरो चिनामै, छैँटीमा लेखेको रैछ।’ 

श्रीमान् सम्बन्ध विच्छेद गर्न तयार नभए पनि आफूले मुद्दा दिइसकेकाले अब उनी पूर्वपति भइसकेको अरुणिमाले बताएकी छन्। 

‘कानुनअनुसार पनि र धर्मशास्त्रअनुसार पनि महिलाले डिभोर्स केस फाइल गर्नासाथ श्रीमान्-श्रीमतीको सम्बन्ध सकिँदोरहेछ। मेरो गोत्र पनि फिर्ता हुँदो रहेछ। उहाँ मेरो पूर्वपति भइसक्नुभयो। उहाँले हस्ताक्षर गर्नुभएन भने पनि एक वर्षपछि स्वतः डिभोर्स हुन्छ’, उनले अन्तर्वार्तामा भनेकी छन्। 

यसअघि अरुणिमाले अमित अर्यालसँग बिहे गरेकी थिइन्। त्यो असफल भएपछि उनले गत भदौमा मात्र सुनसरीका कांग्रेस नेता युवराज श्रेष्ठसँग बिहे गरेकी थिइन्। पहिलो पतिबाट उनको एउटी छोरी पनि छिन्। छोरी अहिले अमेरिकामै रहेको अरुणिमाले बताएकी छन्। 

अहिले आफू नेपालमा रहँदा छोरी आफ्नै बुवा अर्थात् पूर्वपति अर्यालकै संरक्षणमा रहेको पनि उनले सुनाएकी छन्। सम्बन्ध विच्छेद गरे पनि छोरीले दुवैसँग भेट्न पाउने सहमति भएको उनले बताएकी छन्। तर फेरि उनैसँग पति-पत्नीको सम्बन्ध जोडिने सम्भावना नरहेको उनको भनाइ छ। 

दोस्रो बिहे जुन विश्वासका साथ गरिएको थियो, तर अहिले आएर युवराजले सबै कुरा ढाँटेको पाइएकाले सम्बन्ध विच्छेद गर्नुपरेको दाबी अरुणिमाले गरेकी छन्। 

तर युवराजले के ढाँटे त भन्ने विषयमा जति कर गर्दा पनि उनले अन्तर्वार्तामा नखुलाउने जिद्दी लिइन्। 

उनले युवराजले अमेरिका जानका लागि मात्रै आफूसित बिहे गरेको आरोप पनि लगाइन्।

उनले भनेकी छन्, ‘मलाई जीवन साथी बनाउने चाहना उहाँको रहेनछ। खालि मसित बिहे गरेर अमेरिका जाने सोच रहेछ। उहाँको अमेरिका जाने सपना चकनाचुर भयो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad